काठमाडौंः काभ्रेको बनेपामा रहेका ईलाका प्रहरी कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा प्रहरी निरिक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमल्सिना आउनेवित्तिकै विभिन्न अपराध न्यूनिकरण अभियानको थालनी गरेको छ । प्रहरीले बनेपामा चोरी, मदिरा लागु औषध नियन्त्रण र न्यूनिकरणका लागि अभियान सुरु गरेको हो।

प्रहरी निरीक्षक तिमल्सिनाले मदिराका कारण हुने घरेलु हिंसा न्युनिकरण गर्ने अभियानका रुपमा सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियान चलाईएको बताए ।

प्रहरीले विभिन्न व्यक्तिको खाद्यान्न गोदामबाट दालचामल चोरी गर्ने समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका कान्छा तामाङ, विवेक लामा र राजकुमार तामाङ रहेका छन् ।


प्रहरीले बीपी र अरनिको राजमार्गमा विशेष चेकजाँच गरिरहेको छ । प्रहरीका अनुसार प्रयोगकर्ताले एक चक्कीको १ सय देखि १ हजारसम्म खर्च गरेर खरिद गर्न गरेका छन् । लागुऔषध प्रयोग कर्ताहरुले नेट्रोभेटनेट, गाजा, यामपुल, नाइट्रोसन ट्यावलेट, सिजिन्ज जस्ता लागु औषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

काभ्रेका विभिन्न स्थानबाट प्रहरीले ५ जना नाइट्रोभेटटेन कारोबारमा संलग्नलाइ पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

उनीहरुका साथबाट प्रहरीले ३ हजार २ सय दश चक्की अवैद्य लागु औषध नाइट्रोभेटटेन बरामद गर्‍यो ।

प्रहरीले विभिन्न स्थानबाट नाइट्रोभेटटेन कारोबारमा संलग्न आरोपहरु सार्वजनिक गर्दै लागु औषधका रुपमा प्रयोग हुने नाइट्रोभेटटेन नेपालमा अवैध चक्की पछिल्लो समय स्कुले बालबालिकादेखि किशोर अवस्थाका विद्यार्थीहरु रहेको तथ्य सार्वजनिक गरेको थियो ।

नेपालमा पूर्णरुपमा प्रतिबन्धीत रहेकाले यसमा कारोबार गर्नेहरुको गिरोह ठूलो रहेको प्रहरीको भनाइ छ ।

राजधानीका लागुऔषध प्रयोगकर्ताका लागि सुरक्षित र एकान्त तथा नजिक भएकाले काभ्रेको धुलिखेल, बनेपा र नगरकोट जस्ता ठाउँमा कारोबारीले विद्यार्थीहरुलाई प्रयोग गर्ने र फसाउने गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

स्कुलले विद्यार्थीदेखि कलेका विद्यार्थीहरुलाई यसको लतमा फसाउने गिरोह नै सक्रिय रहेको छ, हामीले एउटा गिरोहलाई नियन्त्रणमा लिएका छौं ।’ नाइट्रोभेनेटको नसाले प्रयोगकर्तालाई लठ्ठ पार्ने, एकोहोरो बनाउने, जस्ता नसा दिने गरेको बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

 

उनीहरूले विभिन्न व्यक्तिको खाद्यान्न पसलबाट सोना मनसुली चामल, दाल, चाउचाउ र अन्य खाद्यान्न सामाग्री चोरी गरी बा ५ ख ७२०९ नम्बरको निशान गाडीमा लोड गर्दै गर्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काभ्रे बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

प्रहरीको सक्रियतामा नगरमा विग्रीरहेका सिसिटिभी बनाउन पहल थालेको तिमल्सिनाले बताए । सिसिटिभी मर्मत र सुचारु भए पछि चोरी अपराधका घटनामा न्युनिकरण हुने उनले बताए ।

केही समयअघि मात्र प्रहरी महानिरीक्षकको सचिवालयबाट बनेपा सरूवा भएका तिमल्सिनाले अपराध नियन्त्रणमा शून्य सहनशिलता अपनाएर बनेपाको शान्ति सुरक्षा कायम गर्ने बताउँदै आएका छन् ।


प्रकाशित मितिः मंगलबार २९ पौष, ०८:२१