झापाः प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट अगाडिबाट बुधबार लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ का २३ वर्षीय समीर माझी र सोही ठाउँका २२ वर्षीय सुरज माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले चेकजाँचको क्रममा उनीहरुलाई फुलकोपी तरकारीमा लुकाइछिपाई ल्याएको अन्दाजी ४ ग्राम ५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०९:०३