दाङः लागूऔषध ५ केजी अफिमसहित ३ जना युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुलाई घोराहीबाट पक्राउ गरिएको हो ।

लागूऔषध अफिमसहित रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ४ निवासी ३१ वर्षीय शक्तिराम वली, रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं. ६ निवासी २७ वर्षीय एलन रोका र सोही गाउँपालिका वडा नं. ८ का २८ वर्षीय देवबहादुर वली पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा घोराही उपमहानगरपालिका वडा नं. १५ को एउटा होटल नजिकैबाट उनीहरूलाई आइतबार बेलुका साढे ७ बजेतिर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरु विरुद्ध लागूऔषध नियन्त्रण २०३३ अन्तरगत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।