झापाः प्रहरीले अर्जुनधारा नगरपालिका–११ बसपार्क स्थित माउन्ट मेची होटलबाट लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ बस्ने २५ वर्षीय बिबेक तामाङ, सोही गाउँपालिका–४ बस्ने २१ वर्षीय समिर लिम्बु, सोही ठाउँ बस्ने २४ वर्षीय सन्जु चेम्जुङ, फिदिम नगरपालिका–१३ बस्ने १८ वर्षीय दिपेन नेम्वाङ, झापाको अर्जुनधारा नगरपालिका–६ बस्ने १८ वर्षीय रोशन गुरुङ र इलामको देउमाई नगरपालिका–२ बस्ने २० वर्षीय सन्तोष तामाङ रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

बुधबार बिहान अस्थायी प्रहरी पोष्ट बसपार्क बिर्तामोडबाट खटिएको गस्ती टोलीले गोप्य सुचनाको आधारमा माउन्ट मेची होटलको बि १ नम्बर कोठा चेकजाँच गर्ने क्रममा उनीहरुबाट ३५ ग्राम ब्राउन सुगर, मोबाईल ६ थान र नगद ६० हजार रुपैयाँ बरामद गरी पक्राउ गरेको हो ।


उनीहरुलाई इलाका प्रहरी कार्यालय, अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०८:१५