काठमाडौंः टोखा नगरपालिका—९ लक्ष्मीमार्ग नगरबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका–४ घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्ने २४ वर्षीय तुल प्रसाद घर्तिमगर र म्याग्दीकै ममगला गाउँपालिका–४ घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्ने ४४ वर्षीय नन्द प्रसाद रोका रहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

प्रहरीले उनीहरुका साथबाट ६ केजी ५०० ग्राम लागूऔषध चरेस र २ थान मोबाइलसहित मंगलबार बेलुका पक्राउ गरेको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उनले बताए ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मितिः बुधबार, असार ३, २०७७, १३:१७