काभ्रेपालाञ्चोकः लागूऔषध मुद्दामा फरार रहेका रोशी गाउँपालिका–११ ठेगाना भएका राजिब भन्ने २९ वर्षीय मणिराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको २०७१ फागुन १९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले सोही गाउँपालिका–११ स्थित लुकीछिपी बसीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनालाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
।
प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, ११:३१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook