काठमाडौंः सेभेन स्ट्रीट र युनियन सीको आयोजनामा फागुन ७ र ८ गते फुटसल प्रतियोगिता हुने भएको छ ।

लागू औषध दुव्यर्सनको न्यूनीकरण गर्न फुटसल प्रतियोगिता गर्न लागिएको हो ।

समाजमा रहेका लागू औषध प्रयोग कर्ताहरुलाई लागू औषधबाट मुक्त गर्न सहयोग र एसईई सकाएर आएका युवाहरुलाई लागू औषधबाट टाढा राख्नको लागि फुटसल गर्न लागिएको सेभेन स्ट्रीटका युवा कार्यकर्ता सञ्जिव खड्काले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यका र बरिपरि जिल्लाबाट करिब ६० टिमको सहभागी रहने छ ।

प्रतियोगितामा सहभागी हुन ३ हजार ५०० रुपैयाँ दर्ता शुल्क लाग्ने छ ।

प्रतियोगितामा विशुद्ध स्थानीय टिमहरुको सहभागी रहने छ ।


। टिममा ए डिभिजन र विदेशी खेलाडीहरुलाई प्रवेश नदिने उनले बताए ।

प्रतियोगिताका खेलहरु एक्टिभ स्पोर्टस् कम्प्लेक्स ढोलाहिटीमा खेलाइने छ । प्रतियोगितामा विजयी टिमलाई १ लाख रुपैया पुरस्कार स्वरुप दिइने छ ।


प्रकाशित मितिः १९ माघ २०७७, सोमबार, १४:०३