दार्चुलाः लेकम गाउँपालिका–४ टक्ना बस्ने ४८ वर्षीय तेज बहादुर पालको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रमेश पाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

रमेशले लाठीले प्रहार गर्दा तेज बहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रिठाचौपाता र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले रमेशलाई हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १६ आइतबार, १७:५२