काठमाडौंः गायक लाल बहादुर थापा र गायिका सपना विसीको आवाजमा सजिएको राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल” को भिडियो बजारमा सार्वजनिक भएको छ ।

एस वि आर म्युजिक प्रा.ली.को प्रस्तुतीमा भिडियो बजारमा सार्वजनिक भएको हो ।

गीतमा अर्जुन विरही को शब्द तथा लाल थापाको लय सिर्जना रहेको छ ।

विरेन्द्र परियारको छायांकन, प्रिन्स प्रकाश प्युठानीको सम्पादन तथा विनोद सुन्दासको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा विनोद सुन्दास, प्रियंका नेपाली, सुरेश श्रेष्ठ, अर्जुन विरही शर्मा, अभि जंग, रिया बलामी र सौरभको अभिनय रहेको छ ।

देश प्रतिको माया र ममतालाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।


। विदेशीको हस्तक्षेपलाई पछाडि पार्नको लागि गीत मार्फत आग्रह गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शुक्रबार, पुस २५, १३:३७