काठमाडौंः साविकको विजेता इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग फुटबलमा अष्ट्रियन क्लब साल्जवर्गमाथि कठिन जित निकालेको छ ।

बुधबार राति भएको रोमान्चक खेलमा साल्जवर्गमाथि लिभरपुलले ४–३ को संघर्षपुर्ण जित निकालेको हो ।

लिभरपुलका लागि मोहमद सलाहले दुई तथा साडियो माने र एन्ड्रयु एण्डरसनले एक एक गोल गरे ।

साल्जवर्गका लागि हि चान ह्वाङ, ताकुमी मिनामिनो र ब्रुट हालान्डले एक एक गोल गरे ।

खेलको नवौं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा एण्डरसनले गोल गर्दै लिभरपुललाई दोब्बर अग्रता दिलाए । ३६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए ।


३९ औं मिनेटमा साल्जवर्गका ह्वाङले गोल गर्दै खेल ३–१ मा ल्याए । ५६औं मिनेटमा मिनामिनोले गोल गर्दै साल्जवर्गलाई ३–२ को अवस्थामा ल्याए । ६० औं मिनेटमा हालान्डले गोल गर्दै साल्जवर्गलाई ३–३ गोलको बराबरीमा ल्याए । तर, खेलको ६९ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–३ को कठिन जित दिलाए ।

जितसँगै लिभरपुलले समूह ‘ई’ मा पहिलो जित निकाल्दै ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । ३ अंकसहित साल्जवर्ग भने तेस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा इटालियन क्लब नेपोली र बेल्जियन क्लब जिन्कले गोलरहित बराबरी खेल्दै अंक बाँडे । ४ अंकसहित नेपोली शीर्षस्थानमा रहँदा जिन्क १ अंकसहित पुछारमा छ ।


प्रकाशित मितिः बिहीबार, असोज १६, ०८:४८