काठमाडौंः लिभरपुलले प्रिमियर लिग फुटबलमा ब्राईटनलाई हराएको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले ब्राईटनलाई ३–१ ले हराएको हो ।

लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा कप्तान जोर्डन हेन्डरसनले एक गोल गरे । यस्तै, घरेलु टोली ब्राईटनका ट्रोससार्डले एक गोल गरे ।

खेलको छैटौ मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा कप्तान हेन्डरसनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अन्तिम मिनेटमा लिन्ड्रो ट्रोसर्डले गोल गर्दै ब्राईटनलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर, ७६ औं मिनेटमा सालाहले ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।


जितसँगै लिभरपुलको ३४ खेलबाट ९२ अंक पुगेको छ । पराजित ब्राइटन ३६ अंक जोडेर १५ औं स्थानमा यथावत छ ।


प्रकाशित मितिः बिहीबार, असार २५, २०७७, ०८:१५