काठमाडौंः इंग्लिस प्रिमियर लिगमा लिभरपुल वाटफोर्डसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत वाटफोर्डसँग लिभरपुल ३–० ले पराजित भएको हो ।

वाटफोर्डका लागि ईस्माइला सर्रले दुई तथा कप्तान ट्रोय डेनीले एक गोल गरे ।

खेलको ५४ औं मिनेटमा ईस्माइलाले गोल गर्दै घरेलु टोली वाटफोर्डलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा उनले नै गोल गरेपछि लिभरपुल खेलमा २–० ले पछि परेको थियो । ७२ औं मिनेटमाडेनीले गोल गर्दै लिभरपुललाई ३–० ले स्तब्ध पारे ।

वाटफोर्डसँग पराजित भएसँगै प्रिमियर लिगमा लिभरपुलको २७ खेलसम्मको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।


। लिभरपुलले यसअघि २६ खेलमा जित तथा १ खेलमा बराबरीको नतिजा निकालेको थियो ।

लिभरपुल २८ खेलबाट ७९ अंक जोडेर शीर्षस्थानमा रहँदा वाटफोर्ड २७ अंकसहित १७ औं स्थानमा छ ।


प्रकाशित मितिः आइतबार, फागुन १८, ०९:२२