काठमाडौंः रोमेलु लुकाकु र लौटारो मार्टिनेजको गोलमा इन्टर मिलानले सिरि ए फुटबलमा साम्पडोरियालाई हराएको छ ।

आइतबार राति भएको खेलमा इन्टरले साम्पडोरियालाई २–१ ले हराएको हो ।

इन्टरका लागि लुकाकु र मार्टिनेजले एक एक गोल गरे । यस्तै, साम्पडोरियाका लागि मोर्टेन थ्रोरस्बीले एक गोल गरे ।

खेलको १०औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । ५२ औं मिनेटमा थ्रोरस्बीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । बाँकी समयमा थप गोल हुन नसकेपछि इन्टर २–१ ले विजयी हुन सफल भयो ।

जितसँगै तेस्रो स्थानमा रहेको इन्टरको २६ खेलबाट ५७ अंक पुगेको छ ।


। पराजित साम्पडोरिया २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, १२:५९