काठमाडौंः टोखा नगरपालिका–१० गंगबु गणेशथानमा रहेको लुनार इङ्लिस स्कुलले १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ ।

शनिबार स्कुल प्राङ्गणमा पूर्व मन्त्री एकनाथ ढकालले वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गरेका थिए ।

पूर्वमन्त्री ढकालले शिक्षामा गुणस्तर सुधार गर्नको निम्ति शिक्षकको भुमिका महत्वपुर्ण हुने बताउँदै सबै विद्यालयको भौतिक सुधारले मात्र नभएर शैक्षिक उपलब्धि पनि आम नागरिकले देखिने गरी हुनु पर्ने जोड दिए ।

नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले बिद्यालय आफैंमा शैक्षिक कारखाना रहेको बताउँदै त्यहाँबाट उत्पादित विद्यार्थी राष्ट्रिय क्षेत्रमा कतिको योगदान दिएका छन्, त्यो हर्नेु पर्ने बताए ।


ढकालले पाठयक्रम पढाउनु जतिकै महत्वपूर्ण अतिरिक्त क्रियाकलाप, ब्याबहारीक, नैतिक शिक्षा लगायतको पाठहरु पनि विद्यार्थीलाई सिकाउनु पर्नेमा जोड दिए । उनले स्कुलले शिक्षा क्षेत्रमा आफूलाई अवल साबित गर्दै लगेकोमा बधाई समेत दिए ।

कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा विभाग प्रमुख बाबुराम गौतमले विद्यालयले विद्यार्थीलाई संस्कारको कुरा पनि सिकाउनुपर्नेमा जोड दिँदै विद्यार्थीको मनोभावना बुझेर घोकन्ते बिद्याभन्दा ब्याबहारीक शिक्षा दिनु पर्ने बताए ।

टोखा नगरपालिका–१० का वडा अध्यक्ष मधुसुदन पाण्डेले विद्यालयमा छोराछोरी पठाएर मात्र अभिभावकको जिम्मेवारी पुरा भएको ठान्ने सोचको अन्त्य गनुपर्नेमा जोड दिँदै अहिलेका विद्यार्थीलाई प्रबिधी र नेपाली संस्कृति दुवैलाई जोडेर शिक्षा दिनु पर्ने बताए ।

लुनार इङ्लिस स्कुलका प्रिन्सीपल बलराम भट्टले शिक्षाको उज्यालो दिन स्कुल तयार रहेको बताउँदै विद्यार्थीको चौतर्फी बिकासमा विद्यालय लागेको बताए ।

उनले अभिभावकलाई विद्यार्थीले सक्ने काम लगाउन आग्रह गर्दै यस्तो गरेमा मात्र विद्यार्थीले समाजलाई चिन्न सक्ने बन्ने बताए । उनले विद्यालयले पढाईसँग विद्यार्थीसँग भएको फरक क्षमताको बिकासमा समेत विद्यालय लागेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री एकनाथ ढकालले शिक्षासेवी श्याम कृष्ण ढकाल, मुक्तिनाथ ढकाल र शिब प्रसाद ढकाललाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका थिए ।

विद्यालयका विभिन्न गतिविधीहरुमा सहभागी तथा उत्कृृष्ट नतिजा ल्याउने छात्र छात्रा र सम्मान तथा पुरस्कार बितरण गरिएको थियो ।

विद्यालयमा अध्यननरत विभिन्न समुहका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती समेत गरेका थिए भने चर्चित लोक दोहोरी गायक डिला विक, मानसिह खड्का लगायतका अन्य कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।


प्रकाशित मितिः आइतबार, फागुन १८, १०:४७