काठमाडौंः स्पेनिस ला लिगा फुटबलमा लेभान्टेले स्पानियोललाई पराजित गरेको छ ।

शनिबार भएको स्पानियोलको मैदानमा भएको खेलमा लेभान्टेले स्पानियोललाई ३–१ ले पराजित गरेको हो ।

लेभान्टेका लागि बोर्जा मायोरल र इनिस बार्धीले एक एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । यस्तै, स्पानियोलका लागि डेभिड लोपेजले एक गोल गरे ।

खेलको १४ औं मिनेटमा बोर्जाले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । २८ औं मिनेटमा स्पानियोलका लोपेजले गोल गर्दै खेल बराबरीमा ल्याए । ६७ औं मिनेटमा इनिसले गोल गर्दै लेभान्टेलाई पुनः २–१ को अग्रता दिलाए । त्यसपछि ८७ औं मिनेटमा स्पानियोलका एड्रिया पेड्रोसाले आत्मघाती गोल गर्दा लेभान्टेले ३–१ को सहज जित निकाल्यो ।


जितसँगै लेभान्टेले ३८ अंक जोडेर लिगको ११ औं स्थानमा उक्लिएको छ । २४ अंक जोडेको स्पानियोल पुछारमा रहेको छ ।


प्रकाशित मितिः आइतबार, असार ७, २०७७, ०६:३२