काठमाडौंः इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले एस्टन भिल्ला पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४–० ले पराजित गरेको हो ।

लेस्टरका लागि हार्बी बार्नेस र जेमी भार्डीले दुई दुई गोल गरे ।

भिल्ला पार्कमा भएको खेलको ४० औं मिनेटमा हार्बीले गोल गर्दै घरेलु टोली लेस्टरलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा पेनाल्टीमार्फत भार्डीले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए ।

७९ औं मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाएका थिए । हार्बीले ८५ औं मिनेटमा गोल गर्दै लेस्टरलाई सहज जित दिलाए ।

जितसँगै लेस्टर ५३ अंक सहित तेस्रो स्थानमा छ ।


। एस्टन भिल्ला २५ अंक सहित १९ औं स्थानमा छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २७, ११:०१