काठमाडौंः प्रिमियर लिग फुटबलमा आर्सनल लेस्टर सिटीसँग पराजित भएको छ ।

शनिबार राति आर्सनल लेस्टरसँग २–० ले पराजित भएको हो ।

लेस्टरका लागि जेमी भार्डी र गेम्स मेडिसनले एक एक गोल गरे ।

खेलको ६८ औं मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा मेडिसनले गोल गर्दै लेस्टरलाई जित दिलाए ।

जितपछि लेस्टर १२ खेलबाट २६ अंकसहित लिगको दोस्रो स्थान उक्लिएको छ । आर्सनल १७ अंक सहित छैटौं स्थानमा छ ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०९:१७