धादिङः दम्पतीबीचको झगडा छुट्याउन जाँदा एक महिलाको मृत्यु भएको छ।

बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी ५० वर्षीया बालकुमारी विकको मृत्यु भएको छ ।

स्थानीयवासी सेते विक र उनकी श्रीमतीबीच परेको झगडा छुट्याउने क्रममा सेतुले प्रहार गरेको लौराले लाग्दा घाईते भएकी उनको गजुरी प्राथमिक स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि सेतेलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।