मोरङः मोरङमा ल्यापटप चोरी गरेको अभियोगमा एक जनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ खार्जी बस्ने २३ वर्षीय अमिस जंग बस्नेत रहेका छन् ।

विराटनगर महानगरपालिका–४ ढाट डेरा गरी बस्ने धनुषाको वालुवाटोल नगरपालिका–८ वाल्मिकी चोक घर भएका २२ वर्षीय रमेश कुमार यादवको ल्यापटप चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले चोरीमा संलग्न बस्नेतलाई विराटनगर महानगरपालिका–९ ट्राफिक चोक नजिकबाट चोरी गरेको ल्यापटप सहित पक्राउ गरेको हो ।

उनी उपर चोरी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल फागुन २६ गते बुधबार, १९:५७