झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराउँदा विष्फोटको छर्रा लागेर दुई जना घाइते भएका छन् ।

विष्फोटको कारण घरमा सामान्य क्षति पुगेको र यस घटनामा संलग्न हुनेहरुको पहिचान अझै हुन नसकेको प्रहरी स्रोतले बताएका छन् ।घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।