जाजरकोटः जुनीचाँदे गाउँपालिका–२ मजकोटका वडाध्यक्षलाई कुटपिट गरी वडा कार्यालयका कागजात समेत च्यातेर नष्ट गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–२ बस्ने ५३ वर्षीय बिर्ख नाथ, ३१ वर्षीय जय बहादुर नाथ, ३६ वर्षीय रेशम नाथ, १८ वर्षीय धन बहादुर नाथ, २५ वर्षीय महेन्द्र नाथ, ४९ वर्षीय नरु नाथ र २१ वर्षीय सुरेन्द्र नाथ रहेका छन् ।

उनीहरुले आफूहरुलाई पिउने पानीको व्यवस्था नगरेको भन्ने बिषयलाई लिएर वडा कार्यालयको कागजात नियन्त्रणमा लिई च्यातेर नष्ट गरेको तथा सोही वडाका वडाध्यक्षलाई समेत कुटपिट गरेको अभियोगमा मंगलबार साँझ इलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


कुटपिटबाट घाइते भएका वडाध्यक्षलाई उपचारको लागि सुर्खेततर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बुधबार, वैशाख १०, २१:१५