रौतहटः रौतहटमा जनप्रतिनिधिको धारिलो हतियार प्रहारबाट एकै परिवारका चार जना घाइते भएका छन् ।

रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. ७ का वडा अध्यक्ष बिजय कुशवाहाले सडक विस्तार गर्नको लागि आफ्नो विपक्षीको जग्गामा जर्वजस्ती डोजर चलाएर खेतबाट माटो खनिएको बिषयमा विवाद हुँदा उनले धारिलो हतियार प्रहार गरेका हुन् ।

वडाध्यक्षको बिपक्षी भएको कारणले खेत अगाडि सडक बिस्तार गर्न कागजाती हिसाबले पनि सबै ठाउँ भन्दा बढी चौडा रहेको भनी जग्गा धनी शिव गोबिन्द कुशवाहाले १ महिना अगाडि रोक लगाएका थिए ।

केही दिन यता देखि सडक विस्तार कार्य धेरै विवाद पश्चात रोकिएको थियो ।


। पुन: सोही काम अगाडी बढाउन खोज्दा वडाअध्यक्ष कुशवाहा समूहसहित आएर शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत ४ जनालाई धारिलो हतियार प्रहार गरि ज्यान लिने गरी टाउ र शरीरको विभिन्न भागमा गम्भिर घाउ बनाएको पीडितले बताएका छन् ।

वडाध्यक्ष बिजय कुशवाहा गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।