काठमाडौंः गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो ।

दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।

कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो ।

तर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।


दुर्घटनाको कारण खुलेको छैन ।


प्रकाशित मितिः मंगलबार २९ पौष, ०८:२९