काठमाडौंः वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको छ ।

कलाकार श्रेष्ठले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गरेका छन् । ‘भइसकेपछि सास्ती चाहिं हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले फेसबुकमा लेखेका छन् ।

कलाकार श्रेष्ठको आजै जन्मदिन पनि हो । जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई उनले धन्यवादसमेत दिएका छन् ।


प्रकाशित मितिः २०७८ साल वैशाख ६ गते सोमबार, १७:५६