काठमाडौंः ललितपुरको धोविघाटस्थित मेघा अस्पतालले समेत कोरोनाको उपचार गर्न गरीरहेको छ ।

सरकारले मेघा अस्पताललाई समेत कोभिड अस्पतालमा सूचीकृत गरेसँगै उपचार थालेको हो ।

कोरोना महामारीसम्बन्धि आन्तरिक निर्देशिका अनुसार नेपाल सरकारको सचिवस्तरीय निर्णयले मेघालाई सूचीकृत गरेको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचीकृत अस्पतालको हैसियतमा व्यवस्थापन गर्न भनेको छ ।

सेवानै धर्म भन्ने आधारलाई सिरोपर गरि सेवा जुनसुकै ठाउमा जतिसुकै बिपन्न पक्षले पनि सहज रुपमा लाभ लिनसकुन भनी मेघा हस्पिटल को बिस्तार गरेका
मेघा अस्पताल प्रबन्ध निदेशक किशोर जंग राणाले बताए ।


जुनसुकै ठाउमा जतिसुकै बिपन्न पक्षले पनि सहज रुपमा लाभ लिनसकुन भनी मेघा हस्पिटले सास फेर्न गाह्रो भएमा बेहोस होला जस्तो भएमा अस्पताल जानु 9841353079 /9851095175/ 015153014/015153398 सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

अहिले सम्म मेघाले १००० जनाको कोभिड उपचारपछि घर फर्किएको मेघा अस्पताल प्रबन्ध निदेशक किशोर जंग राणाले बताए ।


प्रकाशित मितिः सोमबार ३ कात्तिक, २०७७, ०८:३७