काठमाडौंः मधेसकेन्द्रित ६ वटा दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) ले एकीकरणको तीन वर्ष गुजारिसकेको छ । २०७४ वैशाख ६ मा पार्टी एकीकरण गरिँदा एक वर्षभित्र एकता महाधिवेशन गरिने जनाइएको थियो । पार्टी विधानमा समेत त्यही व्यवस्था राखियो । २०७५ वैशाखसम्ममा महाधिवेशन गर्ने निर्णय पनि भयो, तर नेताहरुलाई महाधिवेशन गराउन अझै हतार देखिएको छैन । बरु, विधान संशोधन गर्दै महाधिवेशनको समय सार्दै आएका छन् ।

तोकिएकै अवधिमा महाधिवेशन गर्न नसकेपछि पार्टीको अध्यक्षमण्डलले विधान संशोधन गरी दुई वर्षभित्र महाधिवेशन गर्ने अर्को निर्णय लियो । जसअनुसार २०७५ कात्तिक २८ मा महाधिवेशन गर्ने मिति तोकियो, तर उक्त मितिमा पनि गरिएन ।


। फेरि तीन वर्षभित्र महाधिवेशन गर्ने भनेर विधान संशोधन गरियो । विधानको व्यवस्थाअनुसार आगामी असारभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । अझै पनि तयारीको सुरसार भने पटक्कै छैन ।

राजपाका एक नेताले चौथोपटक विधान संशोधन गरेर महाधिवेशनको तिथि सार्नुको विकल्प पार्टीसँग नभएको बताए ।

आखिर किन हुन नसकेको हो महाधिवेशन ? अध्यक्षमण्डलका ६ सदस्यमध्ये दोस्रो वरीयताका सदस्य राजेन्द्र महतोका अनुसार ६ दल एकीकरण गरेर बनेको राजपाभित्र पार्टी समायोजनमा विविध कठिनाइ छन् । जिल्ला–जिल्लामा तत्कालीन ६ पार्टीका आ–आफ्नै संगठन छन् । एकीकरणपछि सुरु भएको समायोजनले अझै पूर्णता पाएको छैन । यो समाचार आजको कान्तिपुर मा छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २७, ०७:४७