काठमाडौं: जेष्ठ ३१ गते देखि सुरुहुने २१ औं फिफा वर्ल्डकपलाई लक्षित गरि आयोजक रसियाले १०० रौबलको नयाँ नोट जारी गरेको छ। रसियाको केन्द्रीय बैंकले यस नोटलाई जारी गरेको हो। आयोजक राष्ट्र भएको कारण रसियाले विश्वकपको चिन्हो स्वरुप यस नोट जारी गरेको हो।

विश्वका ३२ देशले भाग लिएको यस फिफा विश्वकपमा खेलहरु विभिन्न ११ सहरमा खेलिनेछ भने मस्काउमा विश्वकपको फाइनल खेल हुने छ। आयोजक रसियाले पाँच हजार बढी मानिसको संलग्नमा २०१८ विश्वकप संचालन गर्ने जनाएको छ।