काठमाडौंः तातोपानी नाका छिटो सञ्चालनमा ल्याउन माग गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई राष्ट्रिय वाणिज्य संघले ज्ञापनपत्र बुझाएको छ ।

२०७२ सालको भूकम्पपछि बन्द रहेको नाका खुलाउने बहस धेरै भए पनि परिणाममुखी पहल गरिदिन माग गर्दै संघले ज्ञापनपत्र बुझाएको हो ।

संघको विस्तारीत बैठकमा नेकपाका महासचिवलाई यसबारे पार्टी तथा सरकार दुबैले निर्णयक पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाइएको वाणिज्य संघका ईन्चार्ज कृष्ण क्षेत्रीले जानकारी दिए ।

‘तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापारी व्यवसायीसँगै मजदुर र स्थानीय समेत मारमा परेका छन् ।


।’ ज्ञापनपत्र बुझाएपछि ईन्चार्ज क्षेत्रीले भने, ‘देशका लागि समेत अर्बौ घाटा भइसकेकाले नाका छिटो खोल्न दबावस्वरुप देशकै ठूलो पार्टीका महासचिवलाई ज्ञापनपत्र बुझाएका हौं ।’

तातोपानी नाका देशकै प्रमुखमध्येको एक नाका भए पनि यसबाट सिन्धुपाल्चोकका नागरिक सबैभन्दा प्रभावित भएका छन् । तातोपानी नाका बन्दभएपछि धेरै व्यपारीहरु विस्थापित भएका छन् । उनीहरु अहिले वैकल्पिक नाकाहरुबाट व्यापार गरिरहेका छन् ।