काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले कास्कीबाट उपनिर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

कास्की क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा गौतम लड्ने चर्चा चलेको बेला शनिवार बसेको नेकपा सचिवाल बैठकमा नेता गौतमले कास्कीबाट उपचुनावमा उम्मेदवारी नदिने जानकारी गराएका हुन् ।

कास्की-२ बाट चुनाव जितेर मन्त्रीसमेत भएका रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको यो क्षेत्रमा वामदेव जाने आकलन धेरैको थियो । यदपी उनले भने बारम्बार यो कुरालाई नर्कादै आएका थिए । वामदेवले फागुन १८ गते उनले फेसबुकमा स्टाटस नै लेखेका थिए, ‘मृत्युशोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ।


। जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म क। रवीन्द्रको दुःखद् निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन।’मृत्युशोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ। जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म क. रवीन्द्रको दु:खद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन।’

वामदेवले यसो यसो भनिरहेका बेला राजनीतिमा भने फरक तरिकाले यसलाई हेरिएको थियो । राजनीतिक विश्लेषक देखि नेता कार्यर्ताले वामदेवलाई कास्कीबाट टिकट दिएर चुनाव जिताउने र प्रधानमन्त्री ओलीले आफ्नो जिम्मेबारी समेत दिने आकलन गरेका थिए । तर गौतमले एकाएक शनिबार सचिवालय आफु काकस्कीबाट चुनावमा भाग नदिने उद्घोष गरेसँग यो अनुमानले समेत फेल खाएको छ ।

दुई वर्षअघि भएको प्रतिनिधिसभा चुनावमा उनी नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग बर्दिया क्षेत्र-१ बाट चुनाव हारेका थिए।

चुनावमा पराजित भएसँगै उनले फेरि चुनाव लड्ने र सांसद हुने चर्चा चलेको थियो। वर्ष दिनअघि काठमाडौं – ७ मा चुनाव लड्न नेकपा सांसद रामवीर मानन्धरले ठाउँ खाली गर्न राजीनामा दिएका थिए। तर पार्टीभित्र र बाहिरविरोध भएपछि उनी पछि हटे।

यसरी कतै पराजय भोग्नु पर्ने कतै विरोध खेप्नुपर्ने र कुनै स्थानमा आफै चुनावमा उमेद्वार नहुने उद्घोष गर्नुले वामदेव गौतमको राजनीतिले कताबाट फड्काे मार्ने हो त्यो भने हेर्न बाँकी छ ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुन लागेको हो ।

यस्तो छ, गौतमको सन्देश

मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि (आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यसअघि ९२०७४ मा० प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया (१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।

वामदेव गौतम ४ आश्विन २०७६