काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा लैजान पहल गर्ने निर्णय गरेको छ ।

आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको हो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाले गौतमलाई प्रतिनिधिसभा लैजान पहल गर्ने निर्णय गरेको बताए । ‘उपयुक्त समयमा उहाँलाई प्रतिनिधि सभाको उम्मेद्वार बनाउने र प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय भएको छु,’ श्रेष्ठले भने, ‘त्यसभित्रै प्रधानमन्त्री बनाउने विषय अन्तरनिहित छ।


।’

उनले सचिवालयको निर्णयले गौतमलाई प्रधानमन्त्री बन्ने ढोका खुल्ने बताए ।


प्रकाशित मितिः शनिबार, वैशाख २०, २१:३४