काठमाडौंः साविक विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा फराकिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा वायर्नले वेर्डर ब्रेमेनमाथि ६–१ को फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा वायर्नका लागि फिलिपे कौटिन्होले ह्याट्रिक गरे । यस्तै रोबर्टो लेवान्डोस्कीले दुई र थोमस मुलरले एक गोल गरे । यस्तै, ब्रेमेनका लागि मिलोट राशिकाले एक गोल गरे ।

खेलको २४ औं मिनेटमा मिलोटले गोल गर्दै ब्रेमेनलाई अग्रता दिलाएका थिए । तर, ४५ औं मिनेटमा वायर्नका कौटिन्होले गोल गर्दै घरेलु टोलीलाई खेल बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफका इन्जुरी समयमा लेवान्डोस्कीले गोल गदै वायर्न २–१ ले अघि बढ्यो ।


६३ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नको अग्रता ३–१ को बनाए । ७२ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टिमले अग्रता ४–१ को बनायो । ७५ औं मिनेटमा मुलरले गोल गर्दा वायर्नको अग्रता ४–१ को बन्यो । त्यसपछि ७८ औं मिनेटमा कौटिन्होले ह्याट्रिक पुरा गर्दै घरेलु टिमलाई ६–१ फराकिलो जित दिलाए ।

जितसँगै वायर्नले १५ खेलबाट २७ अंक जोड्दै लिगको चौंथो स्थानमा छ । पराजित ब्रेमेन १४ अंक जोडेर लिगको १५ औं स्थानमा छ ।

यस्तै अर्को खेलमा बोरुसिया डर्टमण्डले मैन्जलाई ४–० ले पराजित गरेको छ ।

डर्टमण्डका लागि खेलको ३२ औं मिनेटमा मार्कुस रिउसले गोल गरे । त्यसपछि ६६ औं मिनेटमा सान्चोले गोल गरे भने ६९ औं मिनेटमा हाजार्डले र ८४ औं मिनेटमा सुल्जले गोल गरे ।

जितसँगै डर्टमण्ड लिगको तेस्रो स्थानमा रहेको छ ।


प्रकाशित मितिः आइतबार, मंसिर २९, ०७:५८