काठमाडौंः स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० ले पराजित गर्दै वालिङले पहिलो जित निकालेको हो ।
वालिङका लागि विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् भने सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले एक एक गोल गरिन् ।
खेलको सातौं मिनेटमा क्यामरुनी खेलाडी रुथले गोल गर्दै वालिङलाई अग्रता दिलाइन् । नवौं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई २–० को अग्रता दिलाइन् । १९ औं मिनेटमा रुथले ह्याट्रिक पुरा गर्दा वालिङलाई ३–० को अग्रता दिलाइन् ।
। ३३ औं मिनेटमा मनमायाले गोल गरेपछि पहिलो हाफमा वालिङ ४–० ले अघि रह्यो ।
४९ औं मिनेटमा क्यामरुनी खेलाडी टौटा नोउलीले गोल गर्दै वालिङलाई ५–० को अग्रता दिलाईन् । ६३ औं मिनेटमा रूथले व्यक्तिगत चौथो गोल गर्दा वालिङलाई ६–० को अग्रता दिलाइन् । ७१ औं मिनेटमा रूथले व्यक्तिगत पाँचौ गोल गर्दा वालिङको अग्रता ७–० को पुग्यो । ८० औं मिनेटमा सम्झनाले गोल गर्दै वालिङलाई ८–० को अग्रता दिलाइन् । ८१ औं मिनेटमा सम्झनाले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ९–० को अग्रता दिलाइन् । त्यसपछि खेलको इन्जुरी समयमा रुथले दोहोरो ह्याट्रिक पुरा गर्दा वालिङलाई १०–० को जित दिलाइन् ।
जारी लिगमा दोहोरो ह्याट्रिक पुरा गर्ने उनी पहिलो खेलाडी बनिन् ।
जितसँगै वालिङले ३ खेलमा ५ अंक जोडेको छ । चौदण्डी अंक विहीन रहेको छ ।
प्रकाशित मितिः २०७७ साल माघ १५ गते बिहीबार, १६:०५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook