काठमाडौंः विकास लामिछाने र समीक्षा पोखरेल फिचर्ड ‘यो जिन्दगीको’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सत्यराज आचार्यले स्वर दिएका छन् । गीतकार प्रमीला बस्नेतको शब्द सुन्न सकिन्छ भने संगीत सरोज प्याकुरेलको रहेको छ।

रोमान्टिक र जीवन्त अभिनय रहेको गीतको भिडियोमा सरोज प्याकुरेलको निर्देशन गरेका छन् । गीतमा प्रेमील जोडी बिचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियोको छायांकन बासु बरालले गरेका हुन् भने कोरियोग्राफी केशव राज भट्ट र दिन्सोन शाहको सम्पादन समाबेश छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, १८:३१