गुल्मी: गुल्मी मधाने गाउँपालिका-१ अग्लुङ्ग निवासी गुल्मी जिल्लाका पूर्व सभापति, रा.पं.स. (सांसद) वैकुण्ठबहादुर चन्दको मृगौला विमारबाट बुधवार निधन भएको छ ।

गुल्मी जिल्लाले अभिभावक, विकासका पर्यावाची, सबै गुल्मेली वासीको मन र मस्तिस्क जित्न सफल एक युग पुरुष र असल अभिभावक गुमाएको छ ।

स्वं वैकुण्ठबहादुर चन्दको निधनले गुल्मी जिल्लाले कुशल राजनेता गुमाएको समाजिक सञ्जालमा व्यक्त सम्वेदनाले बताएको छ । मृगौलाको विमारबाट ग्रसित उनको ललितपुरको निदान अस्पत्तालमा निधन भएको हो ।


प्रकाशित मितिः ३ मंसिर २०७७, बुधबार, ११:३३