काठमाडौंः सरकारले सर्वपक्षीय चासोको राष्ट्रिय शिक्षा नीति सरोकारवालाहरूलाई समेत पत्तो नदिई जारी गरेको समाचार आजको कान्तिपुरले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, विज्ञ सम्मिलित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन लुकाएको सरकारले शिक्षा नीतिसमेत गोप्य ढंगले जारी गरेको हो ।

नीतिमा के–कस्ता व्यवस्था समावेश गरिएको छ भन्नेमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अधिकारीहरू बेखबर छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मलेन गरेर शिक्षा नीति ०७६ जारी गरिएको जानकारी दिए । नीतिको पूर्णपाठ भने सार्वजनिक गरिएको छैन ।


। पोखरेल मन्त्री भएदेखि नै नीति जारी गर्न सक्रिय थिए ।

नयाँ संविधानअनुसार नीति र शिक्षा ऐन बनाउन शिक्षामन्त्रीकै अध्यक्षतामा आयोग गठन गरिएको थियो । ०७५ माघमा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदन गोप्य राखिएको छ । मन्त्री पोखरेलले आयोगको सुझावअनुसार नीति जारी गरिएको दाबी गरे । आयोगका सदस्यहरूले भने सुझाव तोडमोड गरेर नीति र ऐन जारी गर्न प्रतिवेदन गोप्य राखिएको दाबी गर्दै आएका छन् ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, ०६:३८