विदेशबाट ल्याइएको मोबाइलमा नयाँ व्यवस्था







काठमाडौंः व्यक्तिगत रुपमा विदेशबाट ल्याइएको मोबाइल दूरसञ्चार प्राधिकरणले तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिने छ ।

वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ ।

सर्वसाधारणलाई वेवसाइट अथवा एसएमएस मार्फत पनि एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको वा नभएको जानकारी प्राधिकरणले दिन्छ ।

मोबाइलको आईएमईआई नम्बर लग इन गरेपछि एमडीएमएस प्रणालीले उक्त मोबाईल सेतो वा कालो कुन सूचीमा छ,


त्यसको जानकारी उपलब्ध गराउने छ ।

यदि मोबाइलको उक्त नम्बर सूचीमा नभए उक्त मोबाईल अबैध रुपमा वा चोरीका रुपमा भित्रिएको पत्ता लाग्ने छ। गोरखापत्र दैनिकमा खबर छ ।




ताजा समाचार


विशेष समाचार