काठमाण्डौं : देशको अर्थतन्त्रमा रेमिटेन्सको ठूलो हिस्सा रहेको छ । खाडीका मुलुकहरूमा गैरकानुनी काम गरेको आरोपमा मुद्दा खेपिरहेका र कारागारमा रहेका नेपालीलाई स्वदेश ल्याउन कठिन रहेको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बुधवार संसदमा करिब ३ सय ३५ नेपालीहरू विभिन्न देशका जेलमा रहेको र उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउन सरकारले पहल गरिरहेको बताए। मन्त्री प्रदीप ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार गर्न पहल भइरहेको संसदमै बताएका हुन्।

नेपालीहरु रोजगारीका लागि जाने मुख्य गन्तव्य रहेका खाडी मुलुकका अदालतमा पुगेको विषय वा उनीहरुले पाएको सजाय जस्ता कुरामा पहल गर्न एकदम कठिन रहेको पुर्व अधिकारीहरु बताउँछन्।


। यदि अदालतबाट सजाय तोकिसकिएको छ भने त्यो सजाय भुक्तान भएपछि मात्र ल्याउन सकिन्छ। यदि मुद्दा अदालतमा विचाराधीन छ भने निर्णय आएपछि र तोकिए अनुसार सजाय भुक्तान भएपछि मात्र ल्याउन मिल्ने हुन्छ यसमा कूटनीतिक हस्तक्षेप गर्न नमिल्ने उनीहरुको भनाइ छ ।

परराष्ट्र मन्त्रीका अनुसार साउदी अरेबियाका जेलमा मात्र २ सय २९  र यूएईमा ६३ र थाइल्याण्डमा ३९ जना नेपाली छन्। सिङ्गापुर, लेबनन, बहराइन, र चीनका कारागारमा पनि नेपाली कामदार रहेको र उनीहरुको उद्धार गर्न श्रम मन्त्रालयसँग समन्वय गरिएको उनले बताए।

श्रम मन्त्रालयका अधिकारीहरूले भने विदेशमा अलपत्र परेका कामदारहरूलाई नेपाल ल्याउने उचित विधिबारे अध्ययन गर्न एक कार्यदल गठन भएको पनि बताएका छन्।

उद्धार गर्ने सम्बन्धित मन्त्रालय र विदेशस्थित हाम्रो नियोग र त्यहाँका सरकारसँग समन्वय गरेर नेपाली कामदारको उद्धार गर्ने हो। कसरी प्रभावकारी ढङ्गमा उद्धार गर्न सकिन्छ भनी अध्ययन गर्न एउटा कार्यदल गठन भएको छ।

उसको सुझाव अनुसार हामी काम अघि बढाइने छ । तर उद्धार गर्नुका साथै गन्तव्य मुलुकसँग श्रम सम्झौता गरी कामदारहरूलाई उचित प्रशिक्षण दिएर मात्र पठाउन पनि सरकारले उत्तिकै ध्यान दिनु पर्ने सुझाव जानकारहरूले दिएका छन्।