काठमाडौंः जन्मदिनको अवसर पारेर नायक गौरभ पहारीको नयाँ म्युजिक ‘लाहुरे’ सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको छ । भिडियोमा गौरभ र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ । मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाई भिडियोमा समेटिएको छ ।

एसियन म्युजिकले निर्माण गरेको भिडियोलाई काश्यप निशानले निर्देशन गरेका हुन् । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट आज सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल फागुन २८ गते शुक्रबार, २०:३१