काठमाडौंः विदेशी मुद्रा विनिमयको मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ बस्ने ३७ वर्षीया साङ्डोमा शेर्पा रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले जनाएको छ ।

२०७१ साल साउन २० गते सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ ६० पैसा जरिवाना तोकेपछी फरार रहेकी उनलाई ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ शेर्पालाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा उक्त अदालतको आदेशानुसार कारागार सजायका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बताए ।



प्रकाशित मितिः मंगलबार, चैत ४, १०:०९