काठमाडौंः विदेश लैजान्छु भन्दै भारतको मुम्बई पुर्‍याइएकी एक नेपाली चेलीलाई भारतीय प्रहरीले उद्धार गरेको छ।

प्राज्ञिक विद्यार्थी परिषद नेपालका अनुसार ती महिलालाई १० दिनअघि भारतमा पुर्‍याइएको थियो।

उनलाई भारतमा विचल्ली बनाएको खबर पाउनासाथ विद्यार्थी परिषदले भारतमा अवस्थित अखिल भारतीय विद्यार्थी परिषदको सहयोग लिएको थियाे ।

उनलाई मुम्बई पुर्‍याउन साथ उनको खोजीमा पुगेका उनका श्रीमानसहित तीनजना भारत पुगेका थिए।

साथै भारतीय प्रहरीले अपराधीलाई ५ घण्टामा पक्राउ गर्न सफल भएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ २५, १५:०८