काठमाडौंः अनेरास्ववियु अध्यक्ष एवं प्रतिनिधि सभा सांसद् नविना लामाले विद्यार्थी आन्दोलनको रुप फेर्नुपर्ने बताएकी छन्।

संयुक्त बिद्यार्थी संगठनले राजधानीको शान्ति वाटिकामा आयोजित पेट्रोलिएम पदार्थमा भएको मुल्य विरुद्ध सडक बहस कार्यक्रम लाई सम्बोधन गर्दै लामाले आफुलाइ विद्यार्थी आन्दोलनको बिरोधि भनेर लागेको आरोपलाई गलत पुष्टि गर्न सडकमा आएको बताइन् ।

कार्यक्रमलाई अखिल छैटौं अध्यक्ष बिमल घिमिरे, अखिल क्रान्तिकारी अध्यक्ष, रन्जित तामाङ, नेबिसघ उपाध्यक्ष पुस्प शाही, उपभोक्ताअधिकार मंचका अध्यक्ष ज्योति बानियाँ लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले तत्काल पेट्रोलियम पदार्थमा भएको मुल्य फिर्ता गर्न सरकारसँग माग गरेका थिए ।