काठमाडौँ: नेपाली भूभागहरु कालपानी, लिम्पियाधुरा र लिपुलेकसहितलाई आफ्नो नयाँ नक्सामा राखेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन चर्काएका छन्।

सत्तारुढ नेकपा तथा प्रतिपक्षी कांग्रेस दुवै दलनिकट विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन्। शक्रबार बिहान राजधानीको लैनचौरस्थित भारतीय दूतावास अगाडि नेकपानिकट अनेरास्ववियु र लामो समयदेखि आन्दोलित ग्रेटर नेपालसहितले प्रदर्शन गरे।

शुक्रबार नै नेविसंघसहितका विद्यार्थीहरुले पनि लैनचौरमै प्रदर्शन गरेका थिए । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरबाट गरिएको प्रदर्शनमा सहभागीहरुले भारतको विवादित नक्सा जलाएका थिए ।


उनीहरुले कालापानीबाट पछि हट्न पनि भारतीय पक्षले चेतावनी दिए। प्रदर्शनका क्रममा ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ भएका थिए।