सल्यानः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सल्यानको पश्चिम क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिकाका नगर इञ्चार्ज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिकाका नगर इञ्चार्ज बनगाँड कुपिन्डे नगरपालिका– ५ का ५५ वर्षीय कालुराम वादी रहेका छन् ।

वादीलाई घरमै बनाइएको कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बनगाँड कुपिन्डे नगरपालिका–४ चिउरास्थित कालिबहादुर विकको घरमा मदिरा सेवन गरिरहेको अवस्थामा बादीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बुधवार बेलुका साढे ९ बजेतिर पक्राउ गरेको थियो ।


पक्राउ परेका बादीमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २४, ०९:५३