काठमाडौंः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आह्वान गरेको बन्दको प्रभाव राजधानीमा सामान्य प्रभाव परेको छ ।
राजधानी उपत्यकामा बिहानैदेखि सवारी साधन चलेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकाभित्र सवारी साधन आवागमनमा सामान्य प्रभाव परेको जनाइएको छ ।
नेकपाको बन्दलाई ध्यान दिएर प्रहरीले राजधानीमा उच्च सुरक्षासर्तकता अपनाएको छ । प्रमुख स्थानहरूमा उल्लेख्य सुरक्षाकर्मी परिचालन गरिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द मोदीको नेपाल भ्रमण र भएका सहमति तथा सम्झौताको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो ।
।
उता बुटवलमा भने बन्दको प्रभाव परेको छ । सिद्धार्थ राजमार्गमा साना तथा छोटा दुरीका सवारी साधनहरु चलिरहेका छन् भने पूर्वपश्चिम राजमार्ग तथा काठमाडौंका लागि लामा दुरीका गाडीहरु चलिरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
साथै, बुटवलका शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook