काभ्रेः नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– १२ शंखुपाटीचौर एक्लेखेतका ५४ वर्षीय मधुसुधन बजगाई रहेका छन् ।

प्रहरीले उनलाई आज बिहान घरबाटै पक्राउ गरेको हो ।

जिल्लामा रहेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरु समेतलाई फोन समेतबाट धाकधम्की दिई चन्दा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आज बिहान घरमै भएको अवस्थामा प्रहरीले फेला पारेर सोधपुछ गर्ने क्रममा प्रहरी टोली माथि नै अपशव्द प्रयोग गरि प्रहरीको काम कर्तव्यमा बाधा अवरोध सृजना गर्न खोजेको प्रहरीले जनाएको छ ।


प्रहरीले पक्राउ परेका बजगाईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

उनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई उनलाई कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले आफु नेपाल कम्युनिष्ट पार्टि माओवादी विप्लव समूहको जिल्ला कमिटी सदस्य भई पार्टीको निति निर्देशानुसार काम कारवाही गर्दै आएको बताएका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १९:४६