भक्तपुरः नेत्र विक्रम चन्द विप्लव समूहका भक्तपुर र ललितपुर इन्चार्ज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इन्चार्ज टेक बहादुर केसी ‘आजाद’ रहेका छन् ।

बिहीबार साँझ प्रहरीको टोलीले ‘आजाद’लाई मध्यपुर थिमिको निकोशेराबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएका उनलाई कहाँ राखिएको छ, प्रहरीले जानकारी दिएको छैन ।

‘आजाद’ विप्लव समूहका निवर्तमान केन्द्रीय सदस्य हुन् ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, ०९:२६