जाजरकोटः नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ रहेका हुन् ।

नलगाड नगरपालिकाको रघुनाथमा घर भएका वली बिहीबार राति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

पूर्वमाओवादी लडाकुसमेत रहेका उनलाई चन्दा आतंक, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।

 


प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, १२:०५