काठमाडौंः प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–५ जिरो किलोबाट अवैध लागूऔषध ४ किलो गाँजा सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–१ बगर बस्ने कपिलवस्तु बिजयनगर गाउँपालिका–१ घर भएका २२ वर्षीय अर्जुन घर्ती मगर र स्याङ्जा पुतली बजार नगरपालिका–१४ घर भएका २२ वर्षीय सफल ढकाल रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–९ तुमनाडीबाट ७ ग्राम ४ सय ९० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सोही नगरपालिका–१० सुकासाल बस्ने ३५ वर्षीय बिनोद चन्द र सोही नगरपालिका–५ बस्ने २४ वर्षीय सुवाश लुहार रहेका छन् ।

लागूऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सीमा प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले उनीहरुलाई प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ११ गते आइतबार, १३:२१