काठमाडौंः विभिन्न ठाउँबाट पटाका सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका–११ डेरा गरी बस्ने रौतहट संगरामपुर नगरपालिका–८ घर भएका ३८ वर्षीय मनोज झालाई ८ बोरा विभिन्न किसिमका पटाकासहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले मनोजको कोठा तलासी गर्दा उक्त पटाका फेला पारेको हो ।

यस्तै, मोरङको जहदा गाउँपालिका–६ ठेकी टोलबाट १ सय ५० प्याकेट कोब्रा पटाका मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।

सिमा प्रहरी चौकी पोखरीयाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको उक्त पटाका सोही ठाउँमा फाली फरार भएपछि प्रहरीले बरामद गरेको हो ।


फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी, झापाको मेचीनगर नगरपालिका–१० शान्तिसमाज टोल स्थितबाट बिभिन्न प्रकारका पटका मंगलबार प्रहरीले बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा भारत बाट नेपाल तर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा बिभिन्न प्रकारका पटका जन्यबस्तुहरु इलाका प्रहरी कार्यालय धूलाबारीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ३ लाख ५० हजार रुपैयाँ बराबरको पटाका प्रहरीले बरामद गरेको हो ।

यस्तै, झापाकै मेचीनगर नगरपालिका–५ नकलबन्दा स्थितबाट पनि आज प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अन्दाजी दुई लाख रुपैयाँ बराबरको पटका बरामद प्रहरीले बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, १४:०२