काभ्रेपलाञ्चोकः प्रहरीले काभ्रेपलाञ्चोकमा विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।

वन पैदावार हानी नोक्सानी मुद्दाका फरार प्रतिवादी मण्डनदेउपुर नगरपालिका–१ बस्ने ३५ वर्षीय बिल बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

अदालतको २०७२ भदौ २७ गतेको फैसलाले वन पैदावार हानी नोक्सानी मुद्दामा २४ हजार २ सय रुपैयाँ जरिवाना र १ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट अट्टेडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, सवारी दुर्घटनाबाट अंगभंग मुद्दाका फरार प्रतिवादी मण्डनदेउपुर नगरपालिका–२ बस्ने २८ वर्षीय रबिन घिसिङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


अदातलको २०७३ मंसिर २१ गतेको फैसलाले उक्त मुद्दामा १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट अट्टेडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, १६:०४